रास्वपा निर्वाचन क्षेत्र समिति गठनका लागि उम्मेदवारको नामावली प्रकाशन

हिमाल प्रेस ११ जेठ २०८० १०:४२ | Thursday, May 25, 2023
रास्वपा निर्वाचन क्षेत्र समिति गठनका लागि उम्मेदवारको नामावली प्रकाशन

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन क्षेत्र समिति गठनका लागि उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरेको छ। पार्टीले मोबाइल एपमार्फत नामावली प्रकाशन गरेको हो।

दाबी विरोध तथा उम्मेदवारी फिर्ताका लागि जेठ ११ गते बिहान १० बजेदेखि जेठ १२ गते साँझ ६ बजेसम्म तोकिएको छ। यसका लागि सम्बन्धित प्रदेशको  दाबी विरोध छानबिन समितिसँग सम्पर्क गर्न पार्टीले आग्रह गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एपमा जेठ १४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।  राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिइकेका व्यक्ति र जेठ २० गते साँझ ५ बजेसम्म सदस्यता लिइसक्ने व्यक्तिहरू मतदानमा भाग लिन पाउनेछन्।

जेठ १६ गते बिहान ७ बजेदेखि जेठ २० गते साँझ ७ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल‌ एप (पार्टीको वेबसाइट मार्फत मतदान गर्न नमिल्ने) मार्फत मतदान गर्न सकिने पार्टीले जनाएको छ। निर्वाचनको सम्पूर्ण परिणाम जेठ २० गते राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एप र सामाजिक सञ्जालमा प्रकाशन गरिनेछ।

पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एप अपडेट गर्न सम्पूर्ण सदस्यलाई अनुरोध गरेको छ।

यस्तो छ दाबी विरोध छानबिन समिति

कोशी

संयोजक : ओम भण्डारी (प्रदेश संगठन इन्चार्ज)
सदस्यहरू : राजेश तिम्सिना (प्रदेश सभापति), लालविक्रम थापा (प्रदेश महामन्त्री)

मधेश

संयोजक : शंकर श्रेष्ठ (के. संगठन विभाग सचिव)
सदस्यहरू : तपेश्वर यादव (प्रदेश सभापति), मनीषकुमार शाह (प्रदेश महामन्त्री)

बागमती 

संयोजक : शंकर श्रेष्ठ (के. संगठन विभाग सचिव)
सदस्यहरू : डा.अच्युतम लामिछाने (प्रदेश सभापति), जिता बराल (प्रदेश महामन्त्री)

गण्डकी

संयोजक : झविलाल डुम्रे (प्रदेश संगठन इन्चार्ज)
सदस्यहरू : राजन गौतम (प्रदेश सभापति), अशोक खड्का (प्रदेश महामन्त्री)

लुम्बिनी

संयोजक : गणेश पौडेल (प्रदेश संगठन इन्चार्ज)
सदस्यहरू : देवराज पाठक (प्रदेश सभापति), नीलराज अधिकारी (प्रदेश महामन्त्री)

कर्णाली

संयोजक : पवन देवकोटा (प्रदेश संगठन इन्चार्ज)
सदस्यहरू : धीरजबहादुर वली (प्रदेश सभापति), चन्द्रकला विक (प्रदेश महामन्त्री)

सुदूरपश्चिम 

संयोजक : ज्ञानेन्द्र महता (प्रदेश संगठन इन्चार्ज)
सदस्यहरू : ई. प्रकाश विष्ट (प्रदेश सभापति), भोजराज जोशी (प्रदेश महामन्त्री)

 

प्रकाशित: ११ जेठ २०८० १०:४२ | Thursday, May 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast