रास्वपाले भन्यो : शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय समुदायमा नेपाल र नेपालीको छविमा आँच पुग्यो

हिमाल प्रेस १ जेठ २०८० १५:५४ | Monday, May 15, 2023
रास्वपाले भन्यो : शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय समुदायमा नेपाल र नेपालीको छविमा आँच पुग्यो

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अन्तर्राष्ट्रिय समुदायमा नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाल र नेपालीको छविमा आँच पुर्‍याएको बताएको छ। सोमबार पार्टी महामन्त्री मुकुल ढकालले विज्ञप्ति जारी गर्दै शरणार्थी प्रकरणले विश्वसामु स्वाभिमानी नेपालीको शिर झुकाएको भन्दै संलग्न जोसुकै भए पनि कुनै पनि हालतमा छाड्न नहुने बताएका हुन्। उनले यसका घटनाक्रमलाई आफूहरूले सुक्ष्म ढंगले नियालिरहेको पनि बताएका छन्।

उनले हालसम्म सरकार र नेपाल प्रहरीले उठाएका कदमप्रति पार्टीको साथ र समर्थन रहेको बताएका छन्।

“यो प्रकरण केवल भ्रष्टाचारको मुद्दा होइन। एक संगठित ठगी, राज्यविरुद्ध अपराध हो, राष्ट्रघाती कार्य हो। यो मानव तस्करीको नवीन रूप हो, ठगी हो तथा भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धि, अन्तरदेशीय संगठित अपराधविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धिलगायतका अन्तर्राष्ट्रिय सन्धि सम्झौता समेतको उल्लङ्घन हो,” विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: १ जेठ २०८० १५:५४ | Monday, May 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast