राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई नगद जरिबाना

हिमाल प्रेस ८ जेठ २०८० १७:३८ | Monday, May 22, 2023
राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई नगद जरिबाना

काठमाडौँ- नेपाल राष्ट्र बैंकले ४ विकास बैंक र १ फाइनान्स कम्पनीलाई कारबाही गरेको छ। बैंकअन्तर्गतको वित्तीय संस्था सुपरीवेक्षण विभागले सुपरीवेक्षणको आधारमा  बैंक तथा वित्तीय संस्थालाई कारबाहीस्वरूप नगद जरिबाना गरेको हो।

राष्ट्र बैंकका अनुसार कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकलाई नगद जरिबाना गरिएको हो। त्यस्तै मल्टिपर्पस फाइनान्स कम्पनीलाई पनि कारबाहीस्वरुप नगद जरिवाना गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ। उक्त बैंक तथा वित्तीय संस्थाहरूले नियम विपरीत काम गरेको राष्ट्र बैंकले बताएको छ।

कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेको भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकलाई पाँचौँ पटक कारबाही गरिएको राष्ट्र बैंकको भनाइ छ। त्यस्तै सालपा विकास बैंकलाई पहिलो पटक कारबाही गरिएको हो।

त्यस्तै अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर) कायम नगरेको भन्दै नारायणी डेभपलपेन्ट बैंकलाई तेस्रो पटक कारबाही गरिएको राष्ट्र बैंकले बताएको छ।

राष्ट्र बैंकका अनुसार कर्पोरेट डेभलपमेन्ट बैंकलाई १ लाख ९६ हजार २ सय ६५ रुपैयाँ, सालपा विकास बैंकलाई १ लाख १० हजार ६६२ रुपैयाँ नारायणी डेभलपमेन्ट बैंकलाई २ लाख ५१ हजार ३२४ रुपैयाँ र सप्तकोशी डेभलपमेन्ट बैंकलाई १९ लाख ३६ हजार ६३५ रुपैयाँ नगद जरिबाना गरिएको छ।

त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकलाई पहिलो पटक ३ हजार ९ सय ४८ रुपैयाँ दोस्रो पटक ६३ हजार ७ सय ८२ रुपैयाँ र तेस्रो पटक १ लाख ८ हजार ७ सय ७० रुपैयाँ जरिबाना गरेको राष्ट्र बैंकले जानकारी दिएको छ।

त्यस्तै चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा मल्टिपर्पस फाइनान्सलाई अनिवार्य नगद मौज्दात अनुपात नपुर्‍याएकाले २ हजार ७ सय १रुपैयाँ जरिबाना गरिएको छ।

प्रकाशित: ८ जेठ २०८० १७:३८ | Monday, May 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast