राष्ट्रिय जनमोर्चाको मेचीकाली अभियान जारी

हिमाल प्रेस ७ जेठ २०८० १४:५९ | Sunday, May 21, 2023
राष्ट्रिय जनमोर्चाको मेचीकाली अभियान जारी

काठमाडौँ– राष्ट्रिय जनमोर्चा पार्टीले मेचीमहाकाली अभियान सञ्चालन गरेको छ। आइतबार सुर्खेत जिल्ला शाखाद्वारा वीरेन्द्रनगरमा पत्रकार सम्मेलन आयोजना गर्दै सो पार्टीले अभियान सञ्चालन गर्ने घोषणा गरेको हो।

जनतामा जागरुकता ल्याउन पार्टीले यस्तो अभियान सञ्चालन गरेको पार्टी महासचिव मनोज भट्टले जानकारी दिए।

‘जेठ १–१५ गतेसम्म देशैभरि पुग्नेगरी अभियान सुदूरपश्चिम र बागलुङबाट थालेका छौं,’ उनले भने, ‘सुदूरपश्चिमको अभियान सकेर पहिलो टोली कर्णाली आइपुगेको छ भने दोस्रो टोली पूर्वबाट बारासम्म पुगेको छ।’

सरकारले अहिले भ्रष्टाचारविरुद्ध चालेको कदम स्वागतयोग्य भए पनि त्यसको गन्तव्य कहाँसम्म हो भन्ने यकिन नभएको उनको भनाइ छ।

महासचिव भट्टले देशमा राजनीतिक स्थायीत्व, आर्थिक विकास, जनजीविकाका विविध पक्ष एवम् भ्रष्टाचार नियन्त्रणका विषयमा जनतालाई जागरुक बनाउन जनमोर्चाले यो देशव्यापी अभियान सञ्चालन गरेको स्पष्ट पारे।

प्रकाशित: ७ जेठ २०८० १४:५९ | Sunday, May 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast