फाइल तस्बिर
                                            काठमाडौँ- राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना औपचारिक भ्रमणका लागि गएराति (आइतबार)कम्बोडिया प्रस्थान गरेका छन्।
कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनको सम्मान कार्यक्रममा भाग लिनका लागि अध्यक्ष तिमिल्सिना आइतबार राती कम्बोडिया प्रस्थान गरेका हुन्।
अध्यक्ष तिमिल्सिनाले एसियन कल्चरल काउन्सिल र कम्बोडियन कमिटी अन नेसनल फेस्टिभल्स एण्ड सेरेमोनिजद्वारा आयोजित कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सम्बोधन गर्ने कार्यक्रम छ।
उक्त कार्यक्रममा कम्बोडियाका प्रधानमन्त्री हुनसेनलाई वल्ड बुद्दिष्ट फाउन्डेसनको पेट्रोन अफ द वल्र्ड बुद्दिष्ट अनोररी डक्ट्रेट ईन ह्युमानिटीको मानार्थ पदावधि प्रदान गरिँदैछ।
अध्यक्ष तिमिल्सिनाको भ्रमण दलमा बागमती प्रदेशसभाका सदस्य अमन मास्के र संघीय संसद् सचिवालयका उपसचिव नुमराज खनाल रहेका छन्।

                                             
                                             
                                             
                                             
                                             

