फाइल तस्बिर
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री, मन्त्रीहरू र पूर्वप्रधानमन्त्रीहरू शीतल निवास पुगेका छन्।
समसायिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र माधवकुमार नेपाल, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, कानुनमन्त्री धनराज गुरुङ पनि सहभागी छन्।
सरकारको नीति तथा कार्यक्रम सार्वजनिकपछि नेताहरू छलफलमा जुटेका हुन्। भेटमा नागरिकता विधेयक, भुटानी शरणार्थी प्रकरणलगायतको बारेमा छलफल भइरहेको बताइएको छ।
प्रकाशित: ९ जेठ २०८० १९:०० | Tuesday, May 23, 2023
प्रतिक्रिया




