 
                             
                                            काठमाडौँ- एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई बाटोबाटै पक्राउ गर्नु रहस्यपूर्ण भएको बताएका छन्।
बिहीबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उपप्रधानमन्त्री बनिसकेको मान्छे भागेर कतै जान नसक्ने भए पनि षड्यन्त्रपूर्वक बाटोबाट नै समाउनु रहस्यमयी भएको बताएका हुन्।
‘यो तानेको हो कि तनाएको हो भन्ने अध्ययन हामी गर्दैछौँ। अध्ययन गरेपछि हामी आफ्नो धारणा बाहिर ल्याउँछौँ,’ उनले भने, ‘निर्दोष पर्नु हुँदैन, दोषी उम्किनु हुँदैन। दोषी उम्काउने हाम्रो प्रयास हुँदैन। निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौँ।’
यस्तै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग आफूले समसामयिक राजनीतिक विषयमा छलफल गरेको र सांसद रायमाझीलाई पक्राउ गरेको कुरामा पनि ध्यानाकर्षण गराएको उल्लेख गरे।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दा प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             ![म केपी ओलीसँग चुनाव लड्न तयार छु : रन्जित तामाङ [अन्तरवार्ता]](https://himalpress.com/wp-content/uploads/2025/10/ranjit_tamang_maosit_leader.jpg) 
                                             


 
  
  
  
  
  
  
  
  
  
 