राप्रपाद्वारा संसद् बैठक अवरुद्ध

हिमाल प्रेस २७ वैशाख २०८० ११:१७ | Wednesday, May 10, 2023
राप्रपाद्वारा संसद् बैठक अवरुद्ध

काठमाडौँ-  राप्रपाले प्रतिनिधिसभाको बुधबारको बैठक अवरुद्ध गरेको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका सांसदहरूले भ्रष्टाचारको विरोधमा बोल्न पाउनुपर्ने माग गरेर संसद् अवरुद्ध गरेका हुन्।

सभामुख देवराज घिमिरेले शून्य समयमा बोल्ने बाहेक अन्य समय निर्धारण नगरिएको बताएपछि उनीहरू सिटबाट उठेका थिए।

सभामुख घिमिरेले बैठकको नियमित कारबाहीलाई अगाडि बढाउनेबाहेक अन्य कार्यसूची नरहेको बताएका छन्। उनले छलफलकै लागि भेला भएकाले यसलाई जारी रहने बताउँदा पनि बैठक सञ्चालन हुन सकेको छैन। राप्रपाका सांसदहरूले उठेर विरोध जनाइरहेका छन्।

प्रकाशित: २७ वैशाख २०८० ११:१७ | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast