 प्रतिनिधिमूलक तस्बिर
                              प्रतिनिधिमूलक तस्बिर
                                            बाँके– बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ। डुडुवा गाउँपालिका-४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरूको मंगलबार साँझ डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) राम घर्तीमगरका अनुसार पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका-२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज उपमहानगरपालिका-१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको हो। उनीहरू ६ जनाको समूहमा वनभोज खान गएका थिए। घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
                            प्रकाशित: १० जेठ  २०८० ८:४६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 