राप्ती नदीमा डुबेर दुई युवतीको मृत्यु

हिमाल प्रेस १० जेठ २०८० ८:४६ | Wednesday, May 24, 2023
राप्ती नदीमा डुबेर दुई युवतीको मृत्यु प्रतिनिधिमूलक तस्बिर

बाँके– बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ। डुडुवा गाउँपालिका-४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरूको मंगलबार साँझ डुबेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) राम घर्तीमगरका अनुसार पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका-२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज उपमहानगरपालिका-१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको हो। उनीहरू ६ जनाको समूहमा वनभोज खान गएका थिए। घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १० जेठ २०८० ८:४६ | Wednesday, May 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast