 
                             
                                            अबूधावी- संयुक्त अरब इमिरेट्स (यूएई)ले युद्धबाट प्रभावित हजारौं सुडानी परिवारलाई खाद्यान्न सहयाेग गरेकाे छ। यूएईले सहयोगस्वरूप इमिरेट्स एयरलाइन्समार्फत ३० टन आधारभूत खाद्य सामग्रीको पहिलो खेप सुडान पठाएको छ।
यूएईको निर्देशनमा र सुडानी जनतालाई सहयाेग गर्न तथा अन्तर्राष्ट्रिय राहत प्रयासहरूमा योगदान पुर्याउने उद्देश्यले सुडानमा खाद्यान्न पठाइएकाे यूएईले बताएकाे छ। जारी युद्धमा सुडानमा प्रत्यक्ष राहत पठाउने पहिलो देश यूएई बनेकाे छ।
यूएईको राहतले वर्तमान परिस्थितिमा मानवीय पीडा कम गर्न मद्दत पुग्ने अपेक्षा गरिएकाे छ। सुडानमा अहिले गम्भीर अभाव निम्तिएकाे अन्तरराष्ट्रिय सञ्चारमाध्यमले बताएका छन्। जनङ्ख्याको ठूलो हिस्सा विशेष गरी बिरामी, बच्चाहरू, वृद्धहरू र महिलाहरू खाद्यान्न अभावका कारण प्रभावित भएका छन्।
सुडानलाई यूएईले छिमेकी मुलुकका शरणार्थी र विस्थापितलगायत सुडानी जनतालाई सहयोग गर्न विभिन्न रूप लिएको छ । यस राहतमा संयुक्त अरब इमिरेट्सले चाड–सुडान सीमामा सुडानी शरणार्थीहरूलाई सहयोग गर्न आपूर्ति र खाद्यान्नसहितको विमान पठाउनु र दुबईको अन्तर्राष्ट्रिय मानवीय शहरबाट ३० टन अत्यावश्यक स्वास्थ्य सामग्री पठाउन विश्व स्वास्थ्य संगठनसँग काम गर्नु समावेश छ।
द्वन्द्व सुरु भएयता सुडानमा अवतरण गर्ने यो पहिलो अन्तर्राष्ट्रिय राहत प्याकेज हो। रासस/सिन्ह्वा

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 