यी हुन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

हिमाल प्रेस १४ जेठ २०८० १२:५८ | Sunday, May 28, 2023
यी हुन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा।

काठमाडौँ– सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा अनिता ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको छ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

यस्तै क्यानडामा ०८० भदौ ५ गते देखि ९ गतेसम्म आयोजना हुने विश्व वातवारण सुविधाको ७ औं सभा तथा सम्बन्धित बैठकहरूमा अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुन स्वीकृति प्रदान गर्ने बैठकले निर्णय गरेको छ।

५० प्रतिशत सजाय कटाइ सजाय माफी मिनाहाको निवेदन दिएका रेशम चौधरीलगायतका कैदीहरुलाई गणतन्त्र दिवसका अवसरमा सजाय माफी मिनाहाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने पनि बैठकले निर्णय गरेको उनले बताइन्।

सिन्धुलीमाडी-भूमेस्थान-चकमके-उदयपुर कटारी सडक खण्डको स्तरोन्नतिका लागि राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न स्वीकृति दिने बैठकको निर्णय छ।

यस्तै मध्य तमोर जलविद्युत आयोजनाको प्रसारण लाइनको निर्माणका लागि ताप्लेजुङ जिल्लाको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र सो जग्गामा रहेका रुखहरू हटाउन स्वीकृति दिने बैठकले निर्णय गरेको छ।

लंखुवाखोला साना जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरु निर्माण गर्न संखुवासभा जिल्लाको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र सो वन क्षेत्रमा रहेका रुख हटाउने स्वीकृति दिने बैठकले निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन्।

प्रकाशित: १४ जेठ २०८० १२:५८ | Sunday, May 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast