काठमाडौँ- यस वर्ष काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) नहुने भएको छ। संस्था र फेस्टिभललाई नयाँ ढाँचामा लैजानुपर्ने भन्दै किम्फ कार्यक्रम यस वर्ष नहुने भएको हो।
किम्फले आफ्नो वेबसाइटमार्फत सन् २०२३ को संस्करण रोकिएको जानकारी गराएको छ। किम्फ टिमका अनुसार सन् २०२४ मा भने फेस्टिभलको आयोजना गरिने छ। फेस्टिभल रोकिए पनि यस वर्ष कार्यशाला, प्रशिक्षण, डकल्याब स्क्रिनिङजस्ता गतिविधि हुनेछन्।
पर्वतीय विषयवस्तुलाई प्राथमिकता दिने गरी सन् २००० देखि प्रत्येक वर्ष डिसेम्बरमा किम्फ आयोजना हुँदै आएको थियो।
प्रकाशित: २ जेठ २०८० १५:०५ | Tuesday, May 16, 2023
प्रतिक्रिया



