यस्तो छ ‘हुक्का’को गीत ‘जाउ न आउ’

हिमाल प्रेस ३१ वैशाख २०८० १२:४८ | Sunday, May 14, 2023
यस्तो छ ‘हुक्का’को गीत ‘जाउ न आउ’

काठमाडौँ- आगामी जेठ १२ गतेदेखि प्रदर्शन हुने फिल्म ‘हुक्काः एन एब्सर्ड’ को गीत सार्वजनिक गरिएको छ। गीत ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

युनिश राईको स्वर रहेको गीतमा प्रयत्न श्रेष्ठको शब्द र संगीत छ। शम्भु थापा निर्देशित फिल्ममा प्रयत्न श्रेष्ठ, युसिन राई, प्रकाश घिमिरे, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा भोग, सन्तोषकुमार आत्रेयको अभिनय छ।

कलाकार सन्तोषकुमार आत्रेयकै कथा रहेको फिल्म कृष्णबहादुर थापाको छायांकन र दीर्घ खड्काको सम्पादनमा बनेको छ। फिल्मका निर्माता पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री हुन्।

प्रकाशित: ३१ वैशाख २०८० १२:४८ | Sunday, May 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast