यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू

हिमाल प्रेस ९ जेठ २०८० १७:४० | Tuesday, May 23, 2023
यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू

काठमाडौँ- आज मंगलबार मन्त्रिपरिषद्को नियमित बैठक बसेको छ। बैठकले जापान सरकारले मानव संसाधन विकास छात्रवृत्तिका लागि ४१ करोड अनुदान दिन गरेको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको छ।
त्यस्तै अर्थमन्त्रालयको प्रस्तावमा भन्सार महसुल विधेयकका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ। अब भन्सारसम्बन्धी नयाँ विधेयक ल्याउन सकिनेछ।

त्यस्तै विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि १९.७० मिलियन अमेरिकी डलर (२ अर्ब ६० करोड रुपैयाँ) सहायता स्वीकृत गर्ने निर्णय पनि आजको बैठकले गरेको सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
बैठकले विश्व बैंकबाट १२० मिलयन अमेरिकी डलर (१५ अर्ब ८४ करोड रुपैयाँ) ऋण सहायता स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

शर्माका अनुसार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति गठन तेस्रो संशोधन २०८० स्वीकृत गर्ने निर्णय भएको छ। त्यस्तै असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय पनि सरकारले गरेको छ।

 

प्रकाशित: ९ जेठ २०८० १७:४० | Tuesday, May 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast