 
                             
                                            सुर्खेत- पूर्वराजा ज्ञानेन्द्र शाहले मौलिकता र सभ्यता नेपालीको स्वाभिमान भएको बताएका छन। शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा शाहले पहिचान, मौलिकता र सभ्यता नेपाली स्वाभिमान भएकोले यसको गरिमा बचाउन आह्वान गरेका हुन्।
कसैको अगाडि लम्पसार परेर बाँच्नु अपमान भएको बताउँदै उनले नेपालीको गौरव र गरिमा कसरी बचाउने सोच्ने बेला आएको बताए। ‘हामी जहाँजहाँ पुग्छु, त्यहाँत्यहाँ नेपालीहरूको यस्तैयस्तै आवाज सुन्छु,’ उनले भने, ‘त्यसैले अब कसरी जाने, के कस्तो विधि व्यवस्था अंगाल्ने र हाम्रो गौरव गरिमालाई कसरी बचाउने, अब सोच्ने बेला आएको छ।’
देशलाई के गर्दा राम्रो हुन्छ र के नगर्दा हुन्न भन्ने विषयमा पनि सबैले सोच्नुपर्ने उनको भनाइ छ। राष्ट्रवाद फस्टाउन राष्ट्रप्रेमको खाँचो हुने उल्लेख गर्दै पूर्वराजा शाहले नेपालको पीरमर्का बुझ्न नेपाली मनले मात्र सक्ने औंल्याए। नेपालीहरूलाई मिल्न आह्वान गर्दै उनले एक भएर जुट्न र परस्परमा सहकार्य गरी विकासको निम्ति डट्न आग्रह गरे।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 