मे महिनामा श्रीलंकाको मुद्रास्फीति दर २५.२ प्रतिशत

हिमाल प्रेस १७ जेठ २०८० २१:४० | Wednesday, May 31, 2023
मे महिनामा श्रीलंकाको मुद्रास्फीति दर २५.२ प्रतिशत

कोलम्बो- श्रीलंकाको प्रमुख मुद्रास्फीति दर अप्रिलमा ३५.३ प्रतिशतबाट घटेर मे महिनामा २५.२ प्रतिशतमा झरेको सरकारले बताएको छ। कोलम्बो उपभोक्ता मूल्य सूचकांक (सीसीपीआई)ले श्रीलंकाको प्रमुख मुद्रास्फीति दर अप्रिलको तुलनामा १० प्रतिशतले घटेर मेमा २५.२ प्रतिशत कायम भएको राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी)ले बुधबार बताएको हो।

मुद्रास्फीतिमा आएको यो कमीले विदेशी विनिमय संकटबाट नराम्ररी प्रभावित संकटग्रस्त अर्थतन्त्रलाई केही राहत प्रदान गर्ने देखिएको छ। श्रीलंकाले सात दशकमा सामना गरेको सबैभन्दा खराब वित्तीय संकटका कारण देशमा आर्थिक तथा राजनीतिक समस्या देखिएको थियो।

खाद्य मुद्रास्फीति अप्रिलमा ३०.६ प्रतिशत रहेकोमा मे मा २१.५ प्रतिशत कायम भएको छ। श्रीलंकाको केन्द्रीय बैंकले मुद्रास्फीतिको अनुमानित घट्दो प्रवृत्ति सन् २०२३ को अन्तिमसम्म जारी रहने अप्रिलमा प्रक्षेपण गरेको थियो।

सन् २०२३ को अन्त्यसम्ममा विद्यमान उच्च मुद्रास्फीतिलाई एकल अंकको स्तरमा ल्याउने केन्द्रीय बैंको भनाइ थियो। रासस/एएफपी

प्रकाशित: १७ जेठ २०८० २१:४० | Wednesday, May 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast