मुम्बई आतंकवादी हमलाका सहयोगीको पाकिस्तानको जेलमा मृत्यु

हिमाल प्रेस १६ जेठ २०८० २१:४२ | Tuesday, May 30, 2023
मुम्बई आतंकवादी हमलाका सहयोगीको पाकिस्तानको जेलमा मृत्यु सांकेतिक तस्बिर।

नयाँदिल्ली- सन् २००८ मा मुम्बईमा आतंकवादी हमलाका लागि सघाएका लस्कर ए तैबाका नेता अब्दुल सलाम भुटावीको मृत्यु भएको छ। मुम्बईमा भएको आतंकवादी हमलाका लागि उनले आर्थिकलगायतका सहयोग गरेका थिए।

हृदयघातका कारण सोमबार उनको मृत्यु भएको हो। पाकिस्तानको कारागारमा रहेका उनको मृत्यु सोमबार भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। उनलाई सन् २०१२ मा राष्ट्रसंघीय सुरक्षा परिषद्ले आतंकवादी घोषणा गरेको थियो।

त्यसको केही वर्षपछि आतंकवादलाई प्रश्रय दिनुका साथै आतंकवादीलाई वित्तीय सहयोग गरेको आरोपमा पाकिस्तान प्रहरीले उनलाई पक्राउ गरेको थियो।

अदालतले उनलाई दोषी ठहर गरेपछि उनी कारागारमा सजाय भोगिरहेका थिए। सन् २०२० को अगस्टमा उनलाई १६ वर्षको जेल सजाय सुनाइएको थियो। मंगलबार उनको अन्त्येष्टि गरिएको लस्कर ए तैबाका सदस्यहरूले बताएका छन्। रासस/पीटीआई

प्रकाशित: १६ जेठ २०८० २१:४२ | Tuesday, May 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast