काठमाडौँ– मुक्तिनाथ विकास बैंक लिमिटेड र अरोगिन हेल्थ केयर प्रालिबीच सम्झौता भएको छ। सम्झौता पश्चात मुक्तिनाथका ग्राहकले विशालनगरमा रहेको अरोगिन हेल्थ केयरमा विशेष छुट पाउनेछन्।
छुटका लागि ग्राहकले बैंकको भिसा कार्ड वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ।
ग्राहकले बढीमा ४५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने सम्झौतामा उल्लेख गरिएको छ। अरोगिन हेल्थ केयरले कपाल प्रत्यारोपण, कपाल झर्ने समस्याको उपचारलगायत छाला, दाँतसम्बन्धी समस्याको उपचार गर्छ।
प्रकाशित: ८ जेठ २०८० १३:४२ | Monday, May 22, 2023
प्रतिक्रिया



