मानव अधिकार रक्षकको प्रदेश सम्मेलनद्वारा १३ बुँदे घोषणापत्र जारी

हिमाल प्रेस १३ जेठ २०८० १८:२० | Saturday, May 27, 2023
मानव अधिकार रक्षकको प्रदेश सम्मेलनद्वारा १३ बुँदे घोषणापत्र जारी

सुर्खेत- कर्णाली प्रदेश स्तरीय मानव अधिकार रक्षक सम्मेलनले १३ बुँदे घोषणापत्र जारी गरेको छ। शुक्रबार र शनिबार आयोजित सम्मेलनले शनिबार १३ बुँदे घोषणापत्र जारी गरेको हो।

घोषणापत्रमा हरेक नागरिकले मर्यादित र सम्मानपूर्वक बाँच्न पाउनु मानव अधिकार रहेको उल्लेख गरिएको छ। त्यस्तै मानव अधिकार नागरिकको जन्मसिद्ध तथा नैसर्गिक अधिकार रहेको पनि घोषणापत्रमा उल्लेख छ।

संयुक्त राष्ट्र संघको महासभाबाट पारित मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ ले मानिसका नागरिक तथा राजनीतिक अधिकारका साथै आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारलाई समेत लिपिबद्ध गरेको छ।

नेपालको संविधानले मानव अधिकारलाई मौलिक हकका रूपमा विशेष महत्त्वका साथ समेटेको छ। मानव अधिकार र सामाजिक न्यायका लागि लोकतान्त्रिक गणतन्त्र स्थापनामा अहम् भूमिका निर्वाह गरेका मानव अधिकार रक्षकहरूको आफ्नै संरक्षण र सुरक्षामा राज्य संवेदनशील हुनुपर्ने घोषणापत्रमा उल्लेख छ।

मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी तीनै तहका सरकारलाई कानुन निर्माण गर्नलगायत माग घोषणापत्रमार्फत गरिएको छ।

प्रकाशित: १३ जेठ २०८० १८:२० | Saturday, May 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast