महोत्तरीमा एनएमबि बैंकबाट दिउँसै लुटियो ३५ लाख

हिमाल प्रेस १६ जेठ २०८० १४:३४ | Tuesday, May 30, 2023
महोत्तरीमा एनएमबि बैंकबाट दिउँसै लुटियो ३५ लाख

काठमाडौँ– महोत्तरीस्थित एनएमबि बैंकको रकम लुटपाट गरिएको छ। महोत्तरी गाउँपालिका–२ मा रहेको एनएमबि बैंकको शाखा कार्यालयबाट हतियारधारी समूहले मंगलबार ३५ लाख रुपैयाँ लुटपाट गरेको हो।

दिउँसो १२:२५ मिनेटमा हतियार देखाएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए। प्रहरीले लुटेराको खोजीकार्य जारी रहेको बताएको छ।

प्रत्यक्षदर्शीका अनुसार ४ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरूले बैंकमा लुटपाट गरेका थिए। बैंक लुटपाट गरेपछि मोटरसाइकलमा दुईजना पर्सातिर र दुईजना प्रकौलितिर भागेका छन्। बैंकबाट प्रहरी चौकी करिब ७ सय मिटरको दुरीमा छ।

प्रकाशित: १६ जेठ २०८० १४:३४ | Tuesday, May 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast