 सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा।
                             सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा।
                                            काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई विज्ञापनको साधन बनाउन नहुने बताएकी छन्।
बिहीबार ललितपुरमा आयोजित विज्ञापनमा लैंगिक उत्तरदायित्व विषयक छलफल कार्यक्रममा बोल्दै उनले कुनै पनि कुराको विज्ञापन गर्दा महिला नै छनोट हुनुपर्ने अवस्था आउन दिन नहुने बताएकी हुन्।
‘विज्ञापनको कन्टेनमा लैंगिक संवेदनशील हुनुपर्छ। त्यसले कुनै विषयमा कतै पनि घोचपेच गरिएको हुनु हुँदैन,’ उनले भनिन्, ‘हाम्रो संविधान, कानुनमा भएको कुरा उल्लंघन भएको हुनु हुँदैन। महिलालाई विज्ञापनको साधन बनाउनु हुँदैन।’
उनले कतिपयले महिलाको सुन्दरताका कारण विज्ञापनमा देखिने गरेको भने पनि सुन्दरताका लागि मात्रै महिलाहरू विज्ञापनको साधन बन्ने कुरा आफैँमा गलत रहेको बताइन्।
                            प्रकाशित: २१ वैशाख  २०८० १५:१० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 