महालक्ष्मी विकास बैंकद्वारा शताब्दी पुरुष जोशीको पुस्तक प्रकाशनमा सहयोग

हिमाल प्रेस २८ वैशाख २०८० १९:१४ | Thursday, May 11, 2023
महालक्ष्मी विकास बैंकद्वारा शताब्दी पुरुष जोशीको पुस्तक प्रकाशनमा सहयोग

काठमाडौँ- महालक्ष्मी विकास बैंकले शताब्दी पुरुष सत्यमोहन जोशीको बालसाहित्य पुस्तक प्रकाशनमा सहयोग गरेको छ। जोशीको लोकसाहित्य विकासप्रतिको चाहानालाई सम्मान गर्न सहयोग गरिएको बैंकले जानकारी दिएको छ।

‘भाषा, साहित्य तथा संस्कृतिको विकास, संरक्षण तथा नयाँ पुस्तामा लोकसाहित्य हस्तान्तरण गर्न स्वर्गीय जोशीले पु¥याउनुभएको योगदानको कदर गर्न तथा उहाँको जीवनकालमा राख्नुभएको चाहानालाई मुर्तरूप प्रदान गर्न यस बैंकले पुस्तक प्रकाशानर्थ संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग उपलब्ध गराएको हो,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

जोशीद्वारा रचित पुस्तक ‘चखुंचां हाःगु म्ये’ अर्थात ‘भंगेराले गुनगुनाएको गीत’ जोशीको १०४औँ जन्मजयन्तीको अवसरमा बुधबार लोर्कापण गरिएको थियो।

प्रकाशित: २८ वैशाख २०८० १९:१४ | Thursday, May 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast