महालक्ष्मी विकास बैंकको २९औँ वार्षिकोत्सव सम्पन्न

हिमाल प्रेस ७ जेठ २०८० २१:३४ | Sunday, May 21, 2023
महालक्ष्मी विकास बैंकको २९औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ- महालक्ष्मी विकास बैंकले विभिन्न कार्यक्रम गरेर २९औँ वार्षिकोत्सव मनाएको छ। वर्षिकोत्सवको अवसरमा बैंकले आफ्ना १०३ वटै शाखामा विभिन्न कार्यक्रम गरेको हो।

‘विभिन्न सामाजिक हितका कार्यक्रमहरू आयोजना गर्नुका साथै २९ वटा शाखाहरूमार्फत रक्तदान कार्यक्रम, सम्पूर्ण कर्मचारीहरुको संस्कृति झल्काउने साँस्कृतिक कार्यक्रम गरिएको हो,’ बैंकले जारी गरेको विज्ञप्तिमा उललेख छ, ‘वित्तीय साक्षरता र्‍याली, सम्पूर्ण शाखा कार्यालयहरूमा केक कटिङ कार्यक्रम, महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२३, श्रृंखला २ लगायत कार्यक्रमहरूको आयोजना गरी २९औँ वार्षिकोत्सव मनाइरहेको छ।’

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले वार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य दिए। सो क्रममा उनले ग्राहक, शुभचिन्तक, नियामक निकाय एवं सेयरधनीहरूको विश्वासले बैंक यो स्थानमा पुगेको बताए।

प्रकाशित: ७ जेठ २०८० २१:३४ | Sunday, May 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast