मन्त्री ज्वाला भन्छन् : सार्वजनिक खरिद ऐनलाई संशोधन नगरेसम्म विकासको काम अस्तव्यस्त हुन्छ

हिमाल प्रेस २ जेठ २०८० १७:०८ | Tuesday, May 16, 2023
मन्त्री ज्वाला भन्छन् : सार्वजनिक खरिद ऐनलाई संशोधन नगरेसम्म विकासको काम अस्तव्यस्त हुन्छ भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला।

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐनलाई संशोधन नगरेसम्म विकास निर्माणका कामहरु अस्तव्यस्त भइरहने बताएका छन्।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले सार्वजनिक खरिद ऐनलाई संशोधन नगरेसम्म विकास निर्माणका कामहरु अस्तव्यस्त भइरहने बताएका हुन्।

उनले सार्वजनिक खरिद ऐनलाई विकासमैत्री बनाउनका लागि संशोधन गर्नुपर्ने बताए। त्यस्तै उनले सडकको वर्गीकरण गर्न जरुरी रहेको उल्लेख गर्दै मन्त्रालयले सडक वर्गीकरणका लागि प्रतिवेदन पेस गर्न समिति बनाएको जानकारी दिए।

उनले प्रतिवेदन आइसकेपछि मन्त्रिपरिषद्‌मा लगेर कार्यान्वयन गरिने बताए। मन्त्री ज्वालाले संसदीय समिति र सरकारकाबीचमा टसल र प्रतिष्पर्धा हुने अवस्था आउनुनहुने भन्दै आपसमा मिलेर काम गर्नुपर्ने बताए। उनले समितिले आफ्नो मन्त्रालयमा दिने निर्देशनहरुलाई लागू गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: २ जेठ २०८० १७:०८ | Tuesday, May 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast