मन्त्रीसँगको सहमतिपछि सांसद गौतमले तोडे अनशन

हिमाल प्रेस ६ जेठ २०८० १८:१५ | Saturday, May 20, 2023
मन्त्रीसँगको सहमतिपछि सांसद गौतमले तोडे अनशन

बर्दिया-नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले शनिबार आमरण अनशन तोडेका छन्। बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुलमुनि अनशन बसेका उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग ११ बुँदे सहमति भएपछिअनशन तोडेका हुन्।

आठौं दिनमा अनशन तोडेका उनको स्वास्थ्य अवस्था कमजोर देखिएकाले उनलाई जिल्ला अस्पताल बर्दियामा भर्ना भएका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक (डीएसपी) हिक्मत बोहराले जानकारी दिए।

समयमै गुणस्तरीय पुल निर्माण हुनुपर्नेलगायत १५ बुँदे माग राखेर उनले ३० वैशाखमा जब्दीघाटको भत्किएको पुलमुनि अनशन सुरु गरेका थिए। गौतम बर्दियाका १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। वार्ताका लागि मन्त्री ज्वाला शनिबार अनसनस्थल पुगेका थिए।

प्रकाशित: ६ जेठ २०८० १८:१५ | Saturday, May 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast