एमालेले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन

हिमाल प्रेस २ जेठ २०८० ६:४९ | Tuesday, May 16, 2023
एमालेले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन

जनकपुरधाम- मधेश सरकारबाट बाहिरिएको झन्डै दुई महिनापछि नेकपा एमालेले सरकारबाट समर्थन फिर्ता लिएको छ।

मधेश सरकारबाट प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमाले सरकारबाट बाहिरिएको एमाले संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए।

मधेश सरकारमा ४ वटा मन्त्रालय सम्हाल्दै आएको एमाले गत चैत २ गते नै सरकारबाट बाहिरिएपनि सरकारलाई दिएको समर्थन कायमै राखेको थियो।

सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेश प्रमुखलाई दिइसकेको संसदीय दलका नेता यादवले बताए।

गत पुस १० मा बनेको ७ दलको गठबन्धन अनुसार एमाले केन्द्रसँगै मधेश प्रदेश सरकारमा सहभागी थियो। राष्ट्रपति निर्वाचनमा माओवादीले गठबन्धन बदलेसँगै केन्द्र सरकारबाट बाहिरिएको एमालेले चैत २ गते मधेश सरकार छोडेको थियो।

मधेश प्रदेशसभामा एमालेको २५ प्रदेशसभा सदस्य रहेको छ । यता कांग्रेसको २२, लोसपाको ९ र एकीकृत समाजवादीको ७ प्रदेससभा सदस्य रहेको छ। यी ३ वटै दल सरकारमा शामिल हुन तयार रहेको छ।

प्रकाशित: २ जेठ २०८० ६:४९ | Tuesday, May 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast