भ्वाइस किड्स सिजन-२ को फिनाले आज

हिमाल प्रेस ५ जेठ २०८० १२:२१ | Friday, May 19, 2023
भ्वाइस किड्स सिजन-२ को फिनाले आज

काठमाडौँ- टेलिभिजन रियालिटी शो भ्वाइस किड्सको ग्राण्ड फिनाले आज (शुक्रबार) हुँदैछ। उपाधिका लागि चार जना फाइनालिस्टले प्रतिस्पर्धा गर्दैछन्। दर्शकले आज बेलुकासम्म आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन्।

फिनालेमा चार जना कोचबाट दुई/दुई गरी आठ जनाको प्रतिस्पर्धा रहेको छ। जसमा प्रमोद खरेलको टिमबाट स्पन्दन सुब्बा र रिजन डाँगीले प्रतिस्पर्धामा छन्। टिम मिलन नेवारबाट सृष्टि लामा र निशित बिक छन्।

त्यस्तै प्रविशा अधिकारीको टिमबाट अग्रिमा रिजाल र अर्नव बन छन् भने टिम सुशान्त केसीबाट निहारिका खड्का र परिश्ना बाँस्तोलाबीच प्रतिस्पर्धा छ।

कार्यक्रम साताको प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे हिमालय टीभीबाट प्रसारण हुँदै आएको छ। कार्यक्रमका सञ्चालक सुशील नेपाल हुन्।

प्रकाशित: ५ जेठ २०८० १२:२१ | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast