भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै एकीकृत समाजवादी

हिमाल प्रेस ३ जेठ २०८० १२:१९ | Wednesday, May 17, 2023
भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै एकीकृत समाजवादी

काठमाडौँ- भ्रष्टाचारविरुद्ध खबरदारी गर्न सत्ता घटककै नेकपा एकीकृत समाजवादीले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने भएको छ।

बिहीबार माइतीघरमण्डलामा विरोध प्रदर्शन गर्न लागेको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

आफूहरूको अभियान सरकारविरुद्ध भन्दा पनि भ्रष्टाचारविरुद्ध भएकाले प्रदर्शन गर्न लागेको प्रवक्ता खतिवडाको भनाइ छ।

त्यस्तै एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आज प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदैछ।

यता भ्रष्टाचारविरुद्ध अभियानकै क्रममा समाजवादीनिकट विद्यार्थी संगठनले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने काम छ।

 

प्रकाशित: ३ जेठ २०८० १२:१९ | Wednesday, May 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast