नागढुंगा सुरुङमार्ग डेढ वर्षभित्र तयार हुने

भौतिकमन्त्री ज्वाला सहितको टोलीले गर्‍यो अनुगमन

हिमाल प्रेस १२ जेठ २०८० ११:१० | Friday, May 26, 2023
नागढुंगा सुरुङमार्ग डेढ वर्षभित्र तयार हुने

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका उच्च अधिकारीसहितको टोलीले शुक्रबार (आज) नागढुंगा सुरुङमार्गको अनुगमन गरेको छ।

टोलीले आजै नागढुंगा-मुग्लिन सडक विस्तार आयोजनाको कामबारेसमेत स्थलगत अनुगमन गरिरहेको छ। टोलीले मुग्लिनसम्म पुगेर सडकको अवस्थाबारे जानकारी लिने बताइएको छ। अनुगमनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माको समेत सहभागिता रहेको छ।

सो क्रममा मन्त्री ज्वालाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिए। सुरुङमार्गको मुख्य टनेल ६ सय मिटर र रेस्क्यु टनेल २ सय मिटर खन्न बाँकी छ। आउँदो दसैंसम्म मुख्य टनेल जोडिसक्ने र रेस्क्यु टनेल छिट्टै जोड्ने तयारी छ।

आउँदो डेढ वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्र रूपमा अघि बढाइएको सुरुङमार्गको कन्सल्ट्यान्टतर्फका इन्जिनियर रमेश कोइरालाले जानकारी दिए।

०७६ कात्तिकमा शिलान्यास गरिएको सुरुङमार्गको लम्बाइ २ दशमलव ६८ किलोमिटर छ। यहाँ ९ मिटर र ४ मिटरका २ सुरुङ निर्माण भइरहेका छन्। कोभिड महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि १ वर्ष थपिएको हो।

प्रकाशित: १२ जेठ २०८० ११:१० | Friday, May 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast