भुटानी शरणार्थी प्रकरणमा कारबाहीका लागि दबाब दिँदै वाइसीएल

हिमाल प्रेस २९ वैशाख २०८० ७:५२ | Friday, May 12, 2023
भुटानी शरणार्थी प्रकरणमा कारबाहीका लागि दबाब दिँदै वाइसीएल

काठमाडौँ- नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसीएल)ले भुटानी शरणार्थी प्रकरणमा मुछिएका दोषीलाई कारबाहीका लागि दबाब दिन प्रदर्शन गर्ने भएको छ।

शुक्रबार दिउँसो काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने वाइसीएल अध्यक्ष सुबोध शेर्पालीले बताए। सरकारलाई भुटानी शरणार्थी प्रकरणमा सहयोग पुग्नेगरी काम गर्न दिनुपर्ने शेर्पालीले बताए।

‘शक्ति केन्द्रहरूको आडमा सरकारले चालेका महत्त्वपूर्ण कदममा अवरोध नपुर्‍याओस्। दोषी नछुटोस्, निर्दोष नफसोस र भ्रष्टाचारविरुद्धको अभियान नरोकियोस् भन्ने छ’ शेर्पालीले भने, ‘भ्रष्टाचार अनियमिततामा सबैले ऐक्यबद्धता र खबरदारी गर्नु आम नागरिकको जिम्मेवारी हो।’

वाइसीएलका मातहतका सबै कमिटीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा कारबाहीका लागि दबाब दिन कार्यक्रम गर्न निर्देशन दिएको शेर्पालीले बताए।

प्रकाशित: २९ वैशाख २०८० ७:५२ | Friday, May 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast