 शरणार्थी प्रकरणमा थुनामा रहेका खाण र रायमाझी।
                             शरणार्थी प्रकरणमा थुनामा रहेका खाण र रायमाझी। 
                                            काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूमाथि अनुसन्धान प्रतिवेदन प्रहरीले सोमबार बुझाउने भएको छ। सो प्रकरणमा पक्राउ परेकामाथि प्रहरीले गरेको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको हो।
उक्त प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलगायतलाई पक्राउ गरी झन्डै दुई महिना देखि जारी अनुसन्धानको प्रारम्भिक प्रतिवेदन बुझाउन लागेको प्रहरीले जनाएको छ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौँ असुली गर्ने प्रयासमा कम्तीमा ३२ जना संलग्न रहेको प्रतिवेदनले देखाएको छ। आइतबार नै प्रतिवेदन बुझाउने तयारी भए पनि कागजात अपुग भएपछि सोमबार बुझाउन लागिएको प्रहरीले जनाएको छ।
                            प्रकाशित: ८ जेठ  २०८० ७:२३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 