भारतसँग मल खरिदको सम्झौता भइसक्यो : प्रधानमन्त्री

हिमाल प्रेस ४ जेठ २०८० १५:१३ | Thursday, May 18, 2023
भारतसँग मल खरिदको सम्झौता भइसक्यो : प्रधानमन्त्री फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समयमै मल उपलब्ध गराउन भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद अनिता देवीको प्रश्नको जवाफ दिँदै उनले यस वर्ष समयमै मल, बीउ उपलब्ध गराउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको बताएका हुन्।

सम्बन्धित मन्त्रालयबाट काम अगाडि बढिसकेको पनि उनले जानकारी दिए।

‘कृषि मन्त्रालयबाट यससम्बन्धी कार्य अगाडि बढिसकेको छ। यस वर्षको नीति, कार्यक्रम र बजेटमा कृषिलाई र किसानहरूको हितलाई अनि उत्पादन र रोजगारी सृष्टिको कुरालाई उच्च प्राथमिकता दिइनेछ,’ उनले भने।

प्रकाशित: ४ जेठ २०८० १५:१३ | Thursday, May 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast