भक्तपुरमा टाटा मोटर्सको नयाँ शोरूम

हिमाल प्रेस २८ वैशाख २०८० १९:३५ | Thursday, May 11, 2023
भक्तपुरमा टाटा मोटर्सको नयाँ शोरूम

काठमाडौँ- टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ कम्पनीले भक्तपुरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ। ग्राहकलाई सुविधा दिन सहज होस् भन्ने उद्देश्यले नयाँ शोरूम सञ्चालनमा ल्याइएको कम्पनीले जानकारी दिएको छ।

सिप्रदी ट्रेडिङ कम्पनीका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर ज.ब.राणा तथा टाटा मोटका पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्रले संयुक्त रूपमा शोरूमको उद्घाटन गरे।

नयाँ शोरूममा टाटा मोटर्स्को पेसेन्जर भेहिकलहरू प्रदर्शन गरिएका छन्। सो शोरूमबाट बिक्रीपछिका सेवा सुविधा प्रदान गर्न पनि सजिलो हुने कम्पनीको भनाइ छ।

सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष राणाले सिप्रदीको आफ्नै नयाँ शोरूमहरू खोली ग्राहकलाई सेवा दिन पाउँदा निकै खुसी लागेको बताए। नयाँ शोरूममार्फत ग्राहकलाई गाडी खरिद गर्दा र खरिदपछिको सेवामा विश्वसनीय सेवा दिने उनले बताए।

टाटा मोटर्स पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्रले ग्राहकको विशेष सेवाको लागि प्रतिबद्ध आफ्नो कम्पनीले थप सेवाका लागि आफ्नै शोरूमहरु थप्दै आएको बताए।

प्रकाशित: २८ वैशाख २०८० १९:३५ | Thursday, May 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast