बीवाईडीको वृक्षारोपण अभियान, बिल्डिङ्स ड्रिम्स एण्ड फरेस्ट

हिमाल प्रेस ११ जेठ २०८० १५:१६ | Thursday, May 25, 2023
बीवाईडीको वृक्षारोपण अभियान, बिल्डिङ्स ड्रिम्स एण्ड फरेस्ट

काठमाडौँ– साइमेक्स इंक प्रालिले विश्व जैविक विविधता दिवसको अवसरमा ‘बिल्डिङ्स ड्रिम्स एण्ड फरेस्ट’ अभियान चलाउने भएको छ। साइमेक्स इंक बीवाईडी गाडीको आधिकारिक विक्रेता हो।

अभियानले अवैध बालुवा उत्खनन् र वन विनासको सिकार भएको चखन्डोल सामुदायिक वनलाई पुर्नस्थापित र पुर्नजिवित गर्ने लक्ष्य राखेको छ।

रिभोलुसन प्रोजेक्टसँगको सहकार्यमा साइमेक्सले नवीनतम् मियावाकी प्रविधि प्रयोग गरी १ हजार ५०० रुख रोप्नेछ।
बीवाईडीको अभियानले पारिस्थितिक प्रणालीमा सुधार ल्याउने, चराका प्रजातीको बासस्थान बनाउने, माटोको गुणस्तर बढाउने विश्वास लिएको छ।

प्रकाशित: ११ जेठ २०८० १५:१६ | Thursday, May 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast