तस्बिर : प्रदीपराज वन्त।
काठमाडौँ- बालुवाटारमा तीन प्रमुख दलका शीर्ष नेताहरूबीच आइतबार छलफल भइरहेको छ। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको हो।
यसअघि पनि यी तीन नेताबीच विभिन्न समयमा छलफल भएको छ। खास गरी नक्कली भुटानी शरणार्थी प्रकरणपछि यी नेताहरूहरूको भेट पनि बाक्लिएको हो।
प्रकाशित: ३१ वैशाख २०८० १०:२८ | Sunday, May 14, 2023
प्रतिक्रिया




