बालकृष्ण खाणलाई चार दिन हिरासतमा राख्न अनुमति

हिमाल प्रेस २७ वैशाख २०८० १६:२६ | Wednesday, May 10, 2023
बालकृष्ण खाणलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्णका लागि हिरासतमा राखेर अनुसन्धान गर्न चार दिनको म्याद थप गरिएको छ। आज बुधबार चाबहिल मैजुबहाल निवासबाट पक्राउ परेका खाणलाई जिल्ला अदालत काठमाडौँबाट हिरासतमा राखेर अनुसन्धान गर्न चार दिनको म्याद थप गरिएको हो।

खाणलाई जिल्ला प्रहरी परिसरमा करिब ५ घण्टाको बयानपछि प्रहरीले स्वास्थ्य परीक्षणका लागि कान्तिपुर अस्पताल तीनकुने लगेको थियो। स्वास्थ्य जाँचपछि उनलाई जिल्ला अदालत काठमाडौँ लगेर म्याद थप गरिएको हो।

खाणसँगै पक्राउ परेका उनका निजी सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट म्याद थपको अनुमति लिएको छ।

खाण पक्राउ परेपछि नक्कली शरणार्थी प्रकरणमा मुछिएकी उनकी श्रीमती मञ्जु भने सम्पर्कविहीन छन्।

प्रकाशित: २७ वैशाख २०८० १६:२६ | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast