बालकुमारीमा सिएट टायरको नयाँ शोरुम

हिमाल प्रेस १४ जेठ २०८० १४:०१ | Sunday, May 28, 2023
बालकुमारीमा सिएट टायरको नयाँ शोरुम

ललितपुर- नारायणी अटो बिजनेस प्रालिले ‘सिएट सपी’ नामक सिएट टायरको नयाँ शोरुम बालकुमारीमा सुरु गरेको छ।

सिएट इडियाअन्तर्गत अन्तर्राष्ट्रिय व्यापारका उपाध्यक्ष सत्य रावले आइतबार नयाँ शोरुमको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै रावले नयाँ शोरुमले ग्राहकको आवश्यकता पूरा गर्ने प्रतिबद्धता जनाए। उनले भने, ‘सिएट टायरको यस नयाँ शोरुमले ग्राहकको बद्लिदो इच्छा एवं आवश्यकतालाई सर्वाेत्कृष्ट ढंगले परिपूर्ति गर्नेछ।’

नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक अनुप बरालले शोरुम नेपाली बजारमा निरन्तर वृद्धि भइरहेको सिएटको मागलाई सम्बोधन गर्ने कोशेढुङ्गा सावित हुने दाबी गरे।

शोरुम उद्घाटनको अवसरमा हरेक सिएट टायरमा ५ देखि १५ प्रतिशतसम्म छुट घोषणा गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित: १४ जेठ २०८० १४:०१ | Sunday, May 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast