‘बाध्य भयौनी’मा वैदेशिक रोजगारीले गाउँ रित्तिएको कथा

हिमाल प्रेस ३१ वैशाख २०८० १८:३८ | Sunday, May 14, 2023
‘बाध्य भयौनी’मा वैदेशिक रोजगारीले गाउँ रित्तिएको कथा

काठमाडौँ- रामप्रसाद पौडेल र रेजिना परियारको स्वरमा ‘बाध्य भयौनी’ बोलको लोकगीत सार्वजनिक भएको छ। गायक पौडेलकै शब्द र संगीत रहेको गीतलाई सुदीप सागरले संगीत संयोजन गरेका छन्।

गायक पौडेलकै निर्देशन रहेको गीतको भिडियोमा उनीसहित राधिका पौडेल, प्रदीप एडी, स्पन्दन पन्थले अभिनय गरेका छन्। गीतले रोजगारीको लागी विदेश पलायन भइरहेका युवापुस्ताको कथालाई समेट्न खोजेको छ। जसले गाउँघरमा मलामी जाने मान्छेसमेत नभएको प्रसंगलाई गीतको भिडियोमार्फत देखाउन खोजिएको छ।

वैदेशिक रोजगार विभागको तथ्याङ्अंकनुसार पनि पछिल्लो समय दैनिक २ हजारभन्दा बढि नेपालीहरू बिदेसिने गरेका छन्। मनिश पन्तले छायांकन गरेको गीतको भिडियो पदम सुवेदीले सम्पादन गरेका छन्। गीतको भिडियो गायक तथा निर्देशक पौडेलकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

प्रकाशित: ३१ वैशाख २०८० १८:३८ | Sunday, May 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast