बाजुरा केन्द्रविन्दु भएर भूकम्प

हिमाल प्रेस २८ वैशाख २०८० ७:१६ | Thursday, May 11, 2023
बाजुरा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ- बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर बिहीबार बिहान ५ बजेर १५ मिनेटमा ४.३ रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गते ४.१ रेक्टरस्केलको भूकम्प गएको थियो।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ ।

नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रूपमा लिइन्छ।

प्रकाशित: २८ वैशाख २०८० ७:१६ | Thursday, May 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast