बल्खुको टाटा सुमोपार्क पाँच दिनभित्र हटाउन त्रिविको निर्देशन

हिमाल प्रेस ९ जेठ २०८० १७:०२ | Tuesday, May 23, 2023
बल्खुको टाटा सुमोपार्क पाँच दिनभित्र हटाउन त्रिविको निर्देशन

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बल्खु क्षेत्रमा रहेको टाटा सुमोपार्कको जग्गा ५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ। त्रिविले काठमाडौँ महानगरपालिका वडा नम्बर १४ बल्खुस्थित जनप्रशासन क्याम्पससँग जोडिएको जग्गामा रहेको सुमोपार्क खाली गर्न निर्देशन दिएको हो।

त्रिविले प्राध्यापक संघलाई भवन बनाउने प्रयोजनका लागि उक्त जग्गा दिएको थियो। संघले सो जग्गा नेपाली कांग्रेसका नेता मोहन बस्नेतको छोरी प्रशंसा बस्नेतलाई भाडामा  दिएको छ। जग्गामा अनुमति विना नै टाटासुमो पार्क बनाइएपछि त्यसको विरोध भइरहेको छ। विद्यार्थी संगठनहरूले पनि  विरोध जनाउँदै आएका छन्। विश्वविद्यालयले प्राध्यापक संघले जग्गा दुरुपयोग गरेको भन्दै जग्गा फिर्ता लिने निर्णय गरिसकेको छ।

त्रिविले २०७९ फागुन १५ र पुस १७, २०७८ फागुन ३० र २०७७ चैत ६ मा पत्र काटेर जग्गा खाली गर्न निर्देशन दिएको थियो। तर प्रशंसा बस्नेतले काठमाडौँ जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेकी थिइन्।  अदालतले दाबी नपुगेको भन्दै मुद्दा खारेज गरिसकेको अवस्थामा पनि पार्क नहटाएपछि त्रिविले ५ दिने सूचना निकालेको हो।

त्रिविले  जग्गामा चिकित्साशास्त्र अध्ययन संस्थान डिनको कार्यालयले अस्पताल बनाउने भएको छ। जग्गामा वाल लगाउन बोलपत्र आह्वान गरी सम्झौतासमेत भइसकेको छ।

प्रकाशित: ९ जेठ २०८० १७:०२ | Tuesday, May 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast