बर्तौला राप्रपा नेपालको सहायक महामन्त्रीमा मनोनित

हिमाल प्रेस २८ वैशाख २०८० २०:०० | Thursday, May 11, 2023
बर्तौला राप्रपा नेपालको सहायक महामन्त्रीमा मनोनित

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको सहायक महामन्त्रीमा राजाराम बर्तौला ‘चुनेली’लाई मनोनित गरेका छन्। परराष्ट्र सेवामा लामो समय काम गरी निवृत्त भएका बर्तौला अवकाशपछि राप्रपा नेपालमा आबद्ध भएका थिए।

यसअघि उनी पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्य सचिवको जिम्मेवारीमा थिए। बर्तौला साहित्यमा पनि कलम चलाउँछन्। उनको दुई निबन्ध संग्रह प्रकाशित छन्।

सहायक महामन्त्रीमा मनोनित भएपछि पार्टी अध्यक्ष कमल थापाले उनलाई बधाई दिँदै सफल कार्यालयको शुभकामना दिएका छन्।

प्रकाशित: २८ वैशाख २०८० २०:०० | Thursday, May 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast