बनेपाका विद्यालयमा ‘ऐना झ्यालको पुतली’

हिमाल प्रेस १५ जेठ २०८० १३:०१ | Monday, May 29, 2023
बनेपाका विद्यालयमा ‘ऐना झ्यालको पुतली’

काठमाडौँ- फिल्म ‘ऐना झ्यालको पुतली’ काभ्रेपलाञ्चोक जिल्लाको बनेपास्थित विभिन्न स्कुलहरूमा प्रदर्शन भइरहेको छ।

गत साता बनेपा बजारमा रहेको ज्योति एकेडेमी, विद्या सागर स्कुल, बाल वाटिका विद्या मन्दिर, ज्ञान ज्योति स्कुल, बागमती बोर्डिङ स्कुल, न्यु मोडर्न स्कुल, राम भक्त मेमोरियल स्कुललगायतमा प्रदर्शन गरिएको कार्यक्रमका संयोजक लर्निङ मिडियाका कपिलराज लामिछानेले बताए। यो फिल्म देशैभरका स्कुलका विद्यार्थीहरूमाझ प्रदर्शन गर्ने तयारीमा रहेको उनले जानकारी दिए।

देश तथा विदेशमा सम्पन्न भएको विभिन्न ‘फिल्म फेस्टिभल’मा अवार्ड जितेको यो फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पोनुका साथै व्यावसायिक रूपमा सफल पनि भयो। र, बुसानमा सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यू करेन्ट सेक्सन’ मा छानिने पहिलो नेपाली फिल्म बनेको छ।

फिल्मले ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल, अष्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्ड, भारतको प्रतिष्ठित कौतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभललगातका फेस्टिभलमा विभिन्नमा अवार्ड जितेको छ।

सुजित बिडारीको डेब्यू निर्देशित फिल्ममा पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया किशोरीको शिक्षाका लागि गर्ने संघर्षलाई देखाइएको छ। साथै फिल्ममा दिदी र भाइको भावनात्मक सम्बन्धको कथा पनि छ।

फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठलगायत कलाकारको अभिनय छ।

प्रकाशित: १५ जेठ २०८० १३:०१ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast