बझाङको दौलीचौर केन्द्रबिन्दु भएर भूकम्प

हिमाल प्रेस १० जेठ २०८० ७:०२
बझाङको दौलीचौर केन्द्रबिन्दु भएर भूकम्प

बझाङ– सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको दौलीचौर वरपर केन्द्रबिन्दु भएर बुधबार बिहान ४ बजेर ६ मिनेटमा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि पूर्वीरुकुमको हुकाम केन्द्रबिन्दु भएर यही जेठ ७ गते बिहान ४ दशमलव १ रेक्टरको भूकम्प गएको थियो। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।

प्रकाशित: १० जेठ २०८० ७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast