बजेट कार्यान्वयनको सम्भावना छैन : पूर्वअर्थमन्त्री पौडेल

हिमाल प्रेस १५ जेठ २०८० २१:४९ | Monday, May 29, 2023
बजेट कार्यान्वयनको सम्भावना छैन : पूर्वअर्थमन्त्री पौडेल अर्थमन्त्री विष्णु पौडेल

काठमाडौँ- पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको सम्भावना नभएको बताएका छन्। सोमबार बजेट सार्वजनिक भएपछि संसद् भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले सरकारले ल्याएको बजेट कार्यान्वयन हुने सम्भवना नदेखिएको बताएका हुन्।

बजेटले संकटमा रहेको अर्थतन्त्रलाई समाधानको दृष्टिकोण पनि दिन समेत नसकेको उनको भनाइ थियो। चलनचल्तीका कार्यक्रम घोषणा गर्नेबाहेक बजेटले केही गर्न नसकेको उनले बताए। उनले आमजनतामा आशा र भरोसा दिन पनि नसक्ने किसिमको बजेट ल्याइएको बताए।

अर्थतन्त्रमा देखिएको संकट र मन्दीको अवस्था समाधान गर्ने गरी बजेट नल्याइएको उनले बताए।

प्रकाशित: १५ जेठ २०८० २१:४९ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast