बजेटसँगै संसद्‍मा पेस हुने वार्षिक कार्यक्रम पारित

हिमाल प्रेस १५ जेठ २०८० १५:३४ | Monday, May 29, 2023
बजेटसँगै संसद्‍मा पेस हुने वार्षिक कार्यक्रम पारित

काठमाडौँ- राष्ट्रिय योजना आयोगले वार्षिक विकास कार्यक्रम र तीनबर्से मध्यकालीन खर्च संरचना पारित गरेको छ। आयोगको सोमबार बसेको बैठकले बजेटसँगै संसद्‍मा पेस हुने वार्षिक विकास कार्यक्रम र मध्यकालीन खर्च संरचना पारित गरेको हो।

आयोगका सदस्य डा. रामकुमार फुयाँलले बजेटसँगै संसद्‍मा टेबल हुने वार्षिक विकास कार्यक्रम र तीनबर्से मध्यमकालीन खर्च संरचना पारित गरिएको जानकारी दिए।

अन्तर सरकारी वित्त व्यवस्थापन एने २०७४ अनुसार सरकारले तय गरेको राजस्व र खर्चको आँकडा तथा वार्षिक कार्यक्रम स्वीकृत गरिएको फुयाँलले बताए।

सरकारले ल्याउने बजेटमा वित्तीय अनुशासन कायम हुने, विनयोजन दक्षता पूर्णरूपले पालना हुने, संस्थाहरूले गर्ने खर्चको क्षमताअनुसार नै बजेट विनियोजन गर्ने गरी सुनिश्चित गरिएको उनको भनाइ थियो।

अहिलेको बजेट १६ खर्ब ८८ अर्बको सिलिङकै हाराहारीमा रहेको उनले बताए। बजेटमा खर्चमा मितव्ययिता अपनाउने, साधरण खर्च केही हदसम्म कटौती गर्ने, पुँजीगत खर्चलाई प्रभावकारी रूपमा गर्नसक्ने बनाउने गरी बजेट ल्याउँदा राज्यभित्र भएका संरचनालाई बलियोसँग चलायमान बनाउने गरी आउने उनले बताए।

प्रकाशित: १५ जेठ २०८० १५:३४ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast