बजेटमा बेवास्ता गरेको भन्दै स्वतन्त्र रेडियो प्रसारकहरूको आपत्ति

हिमाल प्रेस १६ जेठ २०८० २१:३० | Tuesday, May 30, 2023
बजेटमा बेवास्ता गरेको भन्दै स्वतन्त्र रेडियो प्रसारकहरूको आपत्ति

काठमाडौँ- बजेटले स्वतन्त्र रेडियो प्रसारकहरूले बजेटमा आफूहरूलाई बेवास्ता गरेको भन्दै आपत्ति व्यक्त गरेका छन्। सोमबार सार्वजनिक गरिएको बजेटमा स्वतन्त्र रेडियोका मागबारे सम्बोधन नगरिएको भन्दै मंगलबार विज्ञप्ति निकालेर बजेटप्रति असहमति व्यक्त गरेका हुन्।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) र ब्रोडकास्टिङ एसोसशिएसन अफ नेपाल (बान)ले बजेटमा सम्बोधन गर्नुपर्ने विषयसहित मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई छुट्टाछुट्टै ध्यानाकर्षण गराएका छन्।

अकोराबका अध्यक्ष अर्जुन गिरीले बजेटमा सम्बोधन गर्नुपर्ने विषयसहित लिखित रूपमा ध्यानाकर्षण गराइएको र सरकारले स्वतन्त्र रेडियोलाई बेवास्ता गरे आन्दोलन गर्नुको विकल्प नहुने चेतावनी दिए।

अकोराबका अध्यक्ष अर्जुन गिरी र बानका अध्यक्ष कुमार भट्टराईले मंगलबार नै संयुक्त विज्ञप्ति निकालेर आगामी आर्थिक वर्षको बजेटमा रेडियोहरूको नवीकरण तथा रोयल्टी शुल्कमा छुट गर्न, नवीकरण, करलगायतमा अन्य संस्थासरह नियमानुसार राजस्व तिरिरहेका स्वतन्त्र रेडियोबाट अव्यवहारिक रूपमा लिइँदै आइएको रोयल्टी मिनाहाको लागि नीतिगत व्यवस्था गरी दोहोरो-तेहेरो कर असुली अन्त्य गर्नुपर्ने लगायत माग पनि गरेका छन्।

प्रकाशित: १६ जेठ २०८० २१:३० | Tuesday, May 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast