फिल्म ‘बहाव’को थाइल्यान्ड भ्रमण अफर विद्याले जितिन्

हिमाल प्रेस १४ जेठ २०८० १६:०५ | Sunday, May 28, 2023
फिल्म ‘बहाव’को थाइल्यान्ड भ्रमण अफर विद्याले जितिन्

काठमाडौँ- गत चैत २५ गते प्रदर्शन भएको फिल्म ‘बहाव’ले घोषणा गरेको थाइल्यान्ड भ्रमण अफर पाल्पाकी विद्या न्यौपानेले जितेकी छन्। फिल्म निर्माण टिमले गोलाप्रथाबाट विजेता छनोट गरेको हो।

विजेता न्यौपानेले भ्रमणमा दुईतर्फी हवाई भाडा र तीनतारे होटेलमा बसाइसहितको चार रात, पाँच दिनको टुर प्याकेज पाएकी छन्। त्यस्तै फिल्मको अर्को अफर ‘कफी डेट’को विजेता अप्सरा जैसी बनेकी छन्। अप्सराले कलाकार सुरक्षा पन्तसँग भेटेर कफी खाने अवसर पाएकी हुन्।

फिल्म निर्माण टिमले पुरस्कार जित्न बहाव फिल्मको टिकट खल्ती एपमार्फत काट्नुपर्ने शर्त राखेको थियो। टिकट काटेर फिल्म हेर्नेले एमडी होलिडेजको तर्फबाट थाइल्यान्डको टुर प्याकेजको घोषणा गरिएको छ।

विजेता घोषणा भएको मितिदेखि तीन महिनासम्मलाई मात्र यो टुर प्याकेज मान्य रहने निर्माण टिमले बताएको छ। प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको फिल्मका निर्माता श्रीधर पौडेल हुन। फिल्ममा कलाकार सुरक्षा पन्त, कमलमणि नेपाल, अरफान अली, सूर्य शर्मा भट्ट, हिरालाल कँडेललगायतको अभिनय छ।

कार्तिकेय स्मिता कर्नाटकको छायांकन र सुजन बडालको सम्पादन रहेको फिल्ममा वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत छ।

प्रकाशित: १४ जेठ २०८० १६:०५ | Sunday, May 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast