प्रधानसेनापति बृहत् विज्ञान प्रदर्शनीमा किस्ट कलेज प्रथम

हिमाल प्रेस २७ वैशाख २०८० २१:३० | Wednesday, May 10, 2023
प्रधानसेनापति बृहत् विज्ञान प्रदर्शनीमा किस्ट कलेज प्रथम

काठमाडौँ- प्रधानसेनापति बृहत् विज्ञान प्रदर्शनीमा किस्ट कलेज प्रथम भएको छ। काठमाडौँको बाँसबारीस्थित रिपुमर्दिनी सैनिक महाविद्यालयको १८औँ वार्षिकोत्सवको अवसरमा आयोजित ३ दिने प्रदर्शनीमा किस्ट कलेज प्रथम भएको हो।

प्रधानसेनापति प्रभुराम शर्माले बुधबार प्रदर्शनीको अवलोकन गर्दै उत्कृष्ट विद्यालयहरूलाई पुरस्कृत गरे। वैशाख २५ गतेदेखि सुरु गरिएको उक्त प्रदर्शनीमा देशभरका ४२ वटा विद्यालयहरूको सहभागिता थियो।

रिपुमर्दिनी सैनिक महाविद्यालयले सुरु गरेको प्रदर्शनीको यो तेस्रो संस्करण हो। २०७७ सालदेखि प्रदर्शनी सुरु गरिएको हो।

प्रकाशित: २७ वैशाख २०८० २१:३० | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast