प्रधानमन्त्री प्रचण्डलाई माओवादी भएर काम गर्न विप्लवको सुझाव

हिमाल प्रेस ७ जेठ २०८० १८:२८ | Sunday, May 21, 2023
प्रधानमन्त्री प्रचण्डलाई माओवादी भएर काम गर्न विप्लवको सुझाव

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई माओवादी भएर काम गर्न सुझाव दिएका छन्।

जनताका चाहनालाई समयमा नै सम्बोधन नगरे बिद्रोह हुने चेतावनी दिँदै विप्लवले जनताका चाहना सम्बोधन गर्न एक पटक माओवादी भएर काम गर्न प्रचण्डलाई आग्रह गरे। जनताका माग पूरा गर्न माओवादी बनेर मात्रै सम्भव रहेको उनको भनाइ थियो।

आइतबार काठमाडौँमा आयोजित १४औँ राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा विप्लवले प्रचण्डलाई उक्त आग्रह गरेका हुन्। जनयुद्ध पनि जनताका माग र गुनासा नसुन्दाको विरोधमा भएको भन्दै विप्लवले अहिले पनि सोही स्थिति आइरहेको बताए।

‘नेपालमा अहिले पनि क्रान्ति जारी छ। जनयुद्ध पनि के को परिणाम थियो भन्दा मानिसले न्याय खोज्दा खोज्दा नपाएपछिको बिद्रोह थियो,’ उनले भने, ‘बिद्रोह किन हुन्छन्, जनताका चाहनालाई समयमा नै सम्बोधन, संगठित गरिएन भने आगोमा, बिद्रोहमा बदलिन्छन्। हामी सरकारलाई साथ दिन तयार छौं। तर, एक पटक प्रचण्ड कमरेड फेरि माओवादी जस्तो बन्नुपर्छ नि।’

प्रकाशित: ७ जेठ २०८० १८:२८ | Sunday, May 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast