प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, पाँच मन्त्री पनि सँगै जाने

हिमाल प्रेस १५ जेठ २०८० १६:४९ | Monday, May 29, 2023
प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, पाँच मन्त्री पनि सँगै जाने

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमण मन्त्रिपरिषद्‌द्वारा स्वीकृत भएको छ। उनले जेठ १७ देखि २० सम्म भारतको औपचारिक भ्रमण गर्दैछन्।

मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार मन्त्री रेखा शर्माले उक्त जानकारी दिएकी हुन्।

‘प्रधानमन्त्री ज्यूको १७ देखि २० सम्म हुने भारत भ्रमणको प्रतिनिधि मण्डलको टुङ्गो भएको छ। प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत भएको छ। प्रधानमन्त्रीसहित भौतिक पूर्वाधारमन्त्री, उर्जामन्त्री, परराष्ट्रमन्त्रीसहित ५ जना मन्त्री जाँदै हुनुहुन्छ,’ मन्त्री शर्माले भनिन्।

प्रकाशित: १५ जेठ २०८० १६:४९ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast